काठमाडौं– एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दुर्घटनामा ज्यान गुमाउने सदस्यका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ ।
संस्थाले ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सदस्य र सदस्यको परिवारको दुर्घटना बिमा गर्दै आएको र बिमितको मृत्युपछि आफन्तलाई बिमा रकम हस्तान्तरण गर्ने गरेको जनाएको छ ।

संस्थाको बेलाशपुर शाखाले एकजना सदस्य महिलाको मृत्यु भएपछि उनका श्रीमान नगेन्द्रदास पटनावरलाई बिमा रकम हस्तान्तरण गरेको जनाएको छ ।

उक्त संस्थाले हाल १२० शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय