काठमाडौं– राइड सेयरिङ तथा फुड डेलिभरी एपले पठाओले ग्राहक र राइडर/चालकलाई बिमा सुविधा प्रदान गर्न एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडसँग मिलेर साझेदारी गरेको छ । उक्त साझेदारी अन्तगत राइडका क्रममा कुनै पनि ग्राहक वा राइडर/चालकको दुर्घटनाका कारणले हुने मृत्यु, अपांगता जस्तो अवस्थामा बढीमा ५ लाखसम्मको बिमा रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसका साथै ग्राहक तथा राइडर/चालकले एक लाखसम्मको दुर्घटना उपचार बिमा पनि पाउने कम्पनीको भनाइ छ । सम्बन्धित व्यक्तिले दुर्घटनाको ३० दिनभित्र बिमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्ने बताइएको छ । पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर/चालकले यो सुविधा लिन सक्नेछन् ।

पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यात ग्राहक तथा राडर/चालकको सुरक्षा सुनिश्चित गर्न बिमा सुविधा प्रदान गर्न निरन्तर लागिपरेको बताए । ‘यसको अनुरुप हामीले एभरेस्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेका छौं । अब हाम्रा ग्राहकहरु तथा राइडर/चालक साथीहरु विस्वस्त हुन सक्छन्,’ उनले भने ।

कम्पनीले हालसम्म ७५ हजारभन्दा बढी राइडरलाई तालिम लिइसकेको र १३ लाखभन्दा बढीले पठाओ एप डाउनलोड गरिसकेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय