काठमाडौं– महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय