काठमाडौं– बाग्मती प्रदेशको लोकसेवा आयोगले पहिलोपटक प्रदेशका १३ जिल्लाका स्थानीय निकायका लागि कर्मचारी माग गरेको छ । प्रदेश लोकसेवा आयोगले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गरी १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको हो ।

प्रदेशभित्रका विभिन्न स्थानीय तहमा रिक्त दरबन्दीका आधारमा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले जानकारी दिएका छन् ।

आयोगले प्रशासनतर्फका ५९ र प्राविधिकतर्फ ११५ कर्मचारी माग गरेको हो । १७४ मध्ये १४९ पदमा खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्ने आयोगले जनाएको छ । बढुवातर्फ २५ कर्मचारी माग गरिएको छ । ती पदमा हाल स्थानीय तहमा एक तहमुनि कार्यरत कर्मचारीले आवेदन दिन पाउने छन् ।
आयोगले लेखातर्फमा ६, शिक्षामा ६, तथ्यांकमा १, सिभिल इन्जिनियर १४, बिल्डिङ इन्जिनियर दुई, वातावरण इन्जिनियर १, कृषि प्रसारमा २५ , कृषि बागवानीमा १, कृषि बाली संरक्षणमा २, पोल्टी डेरी डेभलपमेन्टमा नौ, मत्स्यमा एक, भेटेरिनरीमा १९, कृषि एग्रीमा एक कर्मचारी रहेका छन् ।

आयोगले स्थानीय तहबाट आवश्यक माग गरिएका कर्मचारी माग गरेकोे हो । प्रदेशका मन्त्रालयबाट कुनै पनि कर्मचारी यसपटक माग गरिएको छैन ।
माग गरिएका स्थानीय तहका कर्मचारी विकट क्षेत्रका स्थानीय तहमा आवश्यक रहेको र करारमा राख्नका लागिसमेत अभाव भएकाले आयोगमार्फत कर्मचारी माग गर्ने गरेका छन् । प्रदेशको यसअघि चौथो र पाँचौं तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैटौं अधिकृतस्तरका कर्मचारी माग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर