काठमाडौं– सवारी चालक अनुमतिपत्रको आवेदनमा रहेको कोटा भोलिबाट हट्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबारबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन जति पनि लिने जनाएको छ ।

विभागले सीमित कोटा तोकेर अनलाइन आवेदन खोल्दा सेवाग्राहीले हैरानी खेप्दै आइरहेका छन् भने बिचौलियाका लागि पैसा कमाउने बहाना मिलेको थियो । विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन प्रणालीमा परिवर्तन गर्दै माघ ९ गतेदेखि जति पनि अनलाइन फर्म भर्न मिल्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् ।

विभागले गत चैतदेखि ठप्प भएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा गत पुस १४ गतेदेखि खोलेको थियो । विभागले सार्वजनिक सूचना जारी गरी सवारी चालक अनुमतिपत्रको अनलाइन फारम भर्ने सेवाग्राहीले अनलाइन फर्म भरेपछि नियमित रुपमा प्राप्त गरिरहेको एसएमएस सेवा हाल प्राविधिक कारणले केही समयको लागि स्थगन गरिएको समेत जनाएको छ ।

विभागले एसएमएस सेवा अवरुद्ध भएको समयसम्मका लागि आफ्नो रजिस्ट्रेसन नम्बरबाट प्राप्त हुने अटोमेटिक जेनेरेटेड नम्बरसमेत सुरक्षित गरेर सम्बन्धित कार्यालयमा तोकिएको समयभित्रै बुझाउन सुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय