काठमाडौं– बिहीबार नेपाली बजारमा पहेँलो धातु सुनको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० ले बढेको हो ।

बुधबार प्रतितोला ९२ हजार ५०० मा कारोवार भएको छापावाल सुन बिहीबार भने ९३ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजारमा कारोवार भएको थियो ।

यस्तै, चाँदी तोलामा भने १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार २६० मा कारोवार भएको चाँदी बिहीबार भने एक हजार २७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय