पेरिस– काबुल र वरपरको वातावरण भयानक देखिन्छ । जमिनको अवस्था अस्तव्यस्त छ । तर विमान चालकका लागि सही समय र यसको सही व्यवस्थापन आवश्यक हुन्छ । यात्रुहरू थकित र तनावग्रस्त हुन्छन् । तालिबान नियन्त्रित काबुलबाट विदेशी नागरिक र अफगान नागरिकलाई उद्धार गर्ने विमानको रेखदेख गर्ने पाइलटका लागि अफगानिस्तानको राजधानीभित्र र बाहिरको उडान सामान्य यात्रा भएको छैन ।

विमान चालकहरूले उच्च भूभागमा पहाडले घेरिएको विमानस्थलको जटिलता उचाइबाट नै पहिलेदेखि सामना गरिरहनुपरेको छ ।

सैन्य विमान र उद्धार उडानको प्रमुख यात्रा केन्द्र भएका कारण आकाशमा हवाई ट्राफिक हुने हुँदा दुर्घटना हुन नदिनु चालकहरूका लागि सहज छैन । पश्चिमी राष्ट्रहरूले सर्वसाधारणको सुरक्षाका लागि दोस्रो विश्वयुद्धपछि सबैभन्दा जटिल उद्धार कार्यलाई बन्द गर्न थालिसकेको बताउने विमानचालकहरूले एएफपीसँग अवतरणका अनुभवहरू बाँडे । गन्जागोल अवस्थाबीच नै उनीहरू काबुल विमानस्थलबाट उडेको अनुभव उनीहरूले बताए ।

फ्रान्सेली ए–४००–एम सैन्य परिवहन विमानका कप्तान कमान्डर स्टेफनका अनुसार विमानस्थलमा पाँच हजार ८०० अमेरिकी सैन्य अधिकारीहरू तैनाथ छन् । अमेरिकी सेनाले सबै हवाई ट्राफिक नियन्त्रण, विमानस्थल नियन्त्रण, टावर नियन्त्रण, उडान तथा अवतरण तालिकासञ्चालन गरिरहेका हुन्छन् ।

एएफपीसँग अल–धाफ्रास्थित फ्रेन्च आधार शिविर १०४ (फ्रान्सले प्रयोग गरेको ट्रान्जिट बिन्दु) मा आफ्नो थर नबताउने सर्तमा उनले भने, ‘यो विमानजस्तै हामीलाई हाम्रो प्रणालीले पनि धेरै सहयोग गरेको हुन्छ । हाम्रो अवतरणलाई दृश्यको सहयोगमा अन्त्य गर्छौं ।’

‘प्रणालीले हामीलाई धेरै मदत गर्ने हुनाले हामीलाई बाहिर ध्यान केन्द्रित गर्न र खतराको निगरानी गर्न सहयोग पुग्छ,’ उनले थपे, ‘सम्भाव्य क्षेप्यास्त्र आक्रमणबाट ए–४००–एमले प्रक्षेपणलाई छक्याउन तीव्र ताप उत्पन्न गर्ने अवरक्त संकेतहरु खसाल्न सक्छ । धावनमार्ग नजिकै पुग्दा विमान ‘हाम्रो दृष्टिमा आएका दौडानका खतराबाट बच्न’ जमिनतिर तीव्र गतिमा अघि बढ्छ ।’

आउने र जाने विमानको एयर ट्राफिकलाई ‘पानाको सूत्रबद्ध संगीतजस्तै व्यवस्थित गरिएको स्टेफनले बताए । उनले भने, ‘सबै राष्ट्रबाट आउने जाने विमानका कारण यति धेरै एअर ट्राफिक थियो कि व्यवस्थित नभएको भए उद्धार सम्भव हुने नै थिएन ।’

विमान चालकहरूले ‘अवतरण र उडेको आधा घन्टा’ मात्र आफ्नो ‘स्लट’को ‘पूर्णतया’ आदर गर्नुपर्ने बताउँदै उनले भने, ‘जमिनमा धेरै जहाजहरू थिए तर ती ‘सुव्यवस्थित’ तवरले उडाइयो ।’

अगस्ट १५ मा काबुल तालिबान समूहको नियन्त्रणमा गएको थियो । अन्तर्राष्ट्रिय समुदायले अनुमान नगरेको तालिबानको यो गतिले हजारौंलाई शहरको विमानस्थलतिर भीड लाग्न बाध्य बनायो ।

यो तत्काल देशबाहिर जाने एक मात्र विकल्प थियो । ‘त्यो बिहान यात्रुबाहक विमान अवतरण गर्दा सबै कुरा सामान्य देखिएको थियो,’ पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) का पाइलट मक्सुद बर्जानीले भने, ‘फर्कने उडान सुरु गर्नुपूर्व निर्देशनको प्रतीक्षा गर्दै थियौं । मैले बाहिर त्रास छ भन्ने कुरा थाहा पाउन थालें । स्थिति सामान्य थिएन ।’

उनी अगाडि थप्छन्, ‘विमानस्थलभित्र धेरै मानिसहरू हतार–हतार गरिरहेका थिए । कतै गोली चलेकोे पनि सुनियो ।’ अर्को विमानलाई पछ्याउन जहाजलाई अगाडि बढाउन थालेका समय नियन्त्रणद्वारा यात्रुको फ्लो बढी भएको बताइएको र विमान अघि नबढाइएको बार्जानीले एएफपीसँग भने । त्यसपछि उनले स्थिति सामान्य नभएकोले अनुमति नपाए पनि उड्नुपर्ने त होइन भनी सहचालकसँग सल्लाह लिएका थिए ।

‘एक घन्टा परिस्थिति नियालिसकेपछि मैले विमान उडाएँ । आकाश सफा थियो जसले गर्दा मैले सैन्य ट्राफिक जामबाट बच्न सहज भयो,’ उनले भने, ‘चिनूक, गनसिप हेलिकप्टर र अरू केही मालबाहक विमानहरू आकाशमा देखिन्थे । केही मिनेट ढिला गरेको भए हामी उड्न सक्दैनथ्यौं । त्यो नै उक्त दिनको अन्तिम व्यापारिक उडान थियो ।’

उनका पिआइए सहकर्मी उजाइर खान सोही दिन केही समयअघि काबुल विमानस्थलबाट उडेका थिए । उनले यात्रुहरूलाई आतंकित अवस्थामा देखेर पनि विमानमा शान्त बन्नुपरेको स्मरण गरे ।

‘अधिकांश यात्रु या त राष्ट्रपति असरफ गनीको मन्त्रिमण्डलका सदस्य थिए वा कुनै न कुनै रुपमा अफगान सरकारसँग जोडिएका व्यक्ति थिए । तिनीहरू आफ्नो परिवारसहित देश छोडेर भागिरहेका थिए र हामीलाई सकेसम्म चाँडै भाग्न दबाब दिइरहेका थिए ।’

‘त्यहाँ कुनै सञ्चार थिएन र प्राविधिक निर्देशन पनि सबै जिम्मा म आफैंमा निर्भर थियो । परिस्थितिलाई आफैले नियन्त्रणमा राख्न मलाई भनिएको थियो ।’

उनले भने, ‘यात्रुहरू ‘कुनै पनि हालतमा उड्न र अफगानिस्तानबाट बाहिर निस्कन चाहन्थे र विमान अन्तमा इस्लामाबाद आइपुग्दा बल्ल राहतको अनुभव भयो ।’

पछिल्ला दिनहरूमा गन्जागोल बढ्यो । रोयल एयर फोर्सले जारी गरेको ब्रिटिश सी–१७ को फोटोमा मानिसहरू सात वा आठ पंक्तिमा भुइँमा बसिरहेका पाइयो ।

फ्रान्सेली आधार १०४ का कमान्डर कर्नेल यानिक डेबोइसका ले भने, ‘यस्तो वेला विमानचालक तर्कसंगत रहनुपर्छ, धेरै टाढा जान नपर्ने अवस्थामा विमानको प्रदर्शन विश्लेषण गर्नुपर्छ र लिन सक्ने अधिकतम नम्बर मात्र स्वीकार गर्नुपर्छ ।’

एक फ्रान्सेली ए–४००–एममा सामान्यतया ११० सिट हुन्छ तर यहाँ हामीले २३५ जनासम्म राखियो । यात्रुहरू भुइँमा तर सुरक्षित अवस्थामा बसिरहेका थिए ।
अमेरिकी सी–१७ विमान ४०० भन्दा धेरै यात्रुलाई भुइँमा राखी बोक्नको लागि डिजाइन गरिएको हुन्छ तर सुरुतिरका उडानमध्ये एउटा उडानले ८२९ बोकेको थियो ।

डेबोइसले भने, ‘यो तौलसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो र यात्रुहरूको संख्या धेरै भए पनि यसमा थुप्रै केटाकेटीहरू पनि पर्छन् ।

जमिनबाट उडेपछि भने काम सजिलो हुन्छ । ‘मानिसहरू थकित हुन्छन् । साधारणतया, तिनीहरू सुत्छन् र हामी आफ्नो काम गर्छौं,’ कमान्डर स्टिफनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय