काठमाडौं– नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर सोरूम सञ्चालनमा ल्याएको छ। काठमान्डौको कलंकीस्थित टंकेश्वर टाइल एन्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलर नियुक्त गरी लेमिनार टायल्सले यो सोरूम उद्घाटन गरेको हो।

बुधबार आयोजित औपचारिक समारोहमा टंकेश्वर टाइल एन्ड मार्बल हाउस प्रालिका सञ्चालक प्रज्ज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोष खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर सोरूम उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

उद्घाटन समारोहमा बोल्दै निर्देशक अभिनभ चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । लेमिनार टायल्सका अर्का निर्देशक आशुतोष खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्सभन्दा बढी रहेको बताए ।

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ।

यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ हुने कमपनीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय