काठमाडौं– सानिमा बैंकले लगानीकर्ताका लागि आकर्षक लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

आज सम्पन्न बैंक सञ्चालक समितिको बैठकले सो उक्त लाभांश प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७–७८ को अन्त्यसम्मको वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । नगद लाभांश कर प्रयोजनका लागि मात्रै हो ।

वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

गत वर्ष यो बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । सानिमाको चुक्ता पुँजी अहिले ९ अर्ब ६८ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय