काठमाडौं– गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ तोकेको छ । चाँदीको मूल्य ३ हजार ८२५ रुपैयाँ तोकको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँ र चाँदीको ३ हजार ९०५ रुपैयाँ तोकिएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार २९९ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।









