काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई मूलतः बोनस सेयर दिने भएको छ । कम्पनीले बोनस सेयरमा लाग्ने करका लागि नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमा १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश छ। नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्न लागेको हो ।
मंसिर २६ गते बसेको लघुवित्त सञ्चालक समिति बैठकले लाभांशको निर्णय लिएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले घोषित लाभांश पाउनेछन् ।









