काठमाडौं– एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छिन् । बैंकिङ क्षेत्रमा झन्डै ३ दशकको अनुभव संगालेकी राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोककुमार अग्रवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर उनले तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन् ।









