काठमाडौं– नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ। यसै उत्साहलाई थप उचाइमा पुर्याउन डिजिटल वालेट ुखल्तीुले ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक गरेको छ।

उक्त अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । नेपाली क्रिकेट टोलीको यो गौरवशाली यात्रालाई उत्सवको रूपमा मनाउन खल्तीले एक भाग्यशाली जोडीलाई सबै खर्च आफैंले बेहोर्ने गरी प्रत्यक्ष रूपमा रंगशालामै बसेर विश्वकप हेर्ने अवसर प्रदान गर्नेछ ।

यो अभियानलाई रमाइलो बनाउन खल्तीले एक ‘गेमिफाइड’ अनुभव प्रस्तुत गरेको छ । यसमा प्रयोगकर्ताहरूले कारोबार मात्र नगरी आफ्नै ‘डिजिटल टिम’ निर्माण गर्नेछन् ।

यस अन्तर्गत खल्ती एपमार्फत मान्य कारोबार गर्दा प्रयोगकर्ताले एक डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । प्रत्येक स्क्र्याच कार्डमा नेपालको राष्ट्रिय टोलीका ११ मध्ये एक खेलाडीको कार्ड रहनेछ । बम्पर उपहारको लक्की ड्रमा योग्य हुन प्रयोगकर्ताले ११ वटा छुट्टाछुट्टै खेलाडीका कार्डहरू संकलन गरी सेट पूरा गर्नुपर्नेछ ।

यो अभियानमा अन्तिम विजेता मात्र नभई, कार्ड संकलनको यात्राभरि प्रयोगकर्ताहरूले विभिन्न पुरस्कार जित्न सक्ने बताइएको छ । जसअनुसार निश्चित उपहारमा २, ५, ७, र ११ वटा युनिक प्लेयर कार्डहरू संकलन गर्दा प्रयोगकर्ताहरूले प्रोमोकोडहरू प्राप्त गर्नेछन् । पाक्षिक पुरस्कारमा ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट हरेक १४ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू होनोर एक्स९डी स्मार्टफोन जित्न सक्ने बताइएको छ ।

बम्पर पुरस्कारका लागि ११ वटै प्लेयर कार्ड संकलन गर्ने प्रयोगकर्ता अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा जित्न सक्ने बताइएको छ ।

यस सम्बन्धमा टिप्पणी गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी भन्छन्, ‘टी–२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको क्षण हो । खल्ती चलाऊ, वर्ल्ड कप जाऊमार्फत हामी एउटा सामान्य अफर मात्र नभई प्रयोगकर्तालाई यो ऐतिहासिक यात्राको हिस्सा बन्ने मौका दिन चाहन्छौं । हाम्रा भाग्यशाली प्रयोगकर्ताहरूलाई रंगशालामै पुर्याएर राइनोजले इतिहास रचेको प्रत्यक्ष साक्षी बनाउन पाउँदा हामी निकै उत्साहित छौं ।’

यो अभियान माघ १३ देखि फागुन ११ गतेसम्म लागू हुने बताइएको छ । खल्ती प्रयोगकर्ताले दैनिक उपभोग्य सेवाहरूको भुक्तानी—जस्तै युटिलिटी बिल, टपअप, र अन्य कारोबारहरू खल्ती एपमार्फत गरी यो योजनामा सहभागी हुन सक्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय