काठमाडौं– नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेशको आयोजनामा सम्पन्न मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगितामा काठमाडौं मुद्रण उद्योग संघ विजयी भएको छ । वैजयन्ती फुटसल, ड्रिमसिटी, भक्तपुरमा सम्पन्न उक्त प्रतियोगितामा नेपाल मुद्रण उद्योग महासंघ, नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेश र काठमाडौ मुद्रण उद्योग संघबीच प्रतिस्पर्धा भएको महासंघले जनाएको छ ।

दुवै टिमको ३–३ गोल भई खेल बराबर भएकोले पेनाल्टीबाट जित हात पार्दै काठमाडौं मुद्रण उद्योग संघले ट्रफी हात पार्न सफल भएको बताइएको छ ।

खेलको समापनपछि विजयी टिम काठमाडौं मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठलाई बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत र नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले ट्रफी हस्तान्तरण गरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय