काठमाडौं– देशकै कान्छो बिमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सञ्चालनको दुई वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ ।

यो नेपालको १९औं बिमा कम्पनी हो । कम्पनीले दुई वर्षको अवधिमा ६२ शाखा र उपशाखा स्थापना गरी १६ हजार एक सय ९० अभिकर्तालाई तालिम, नौवटा प्रोडक्ट लन्च, एक सय ६५ करोड बिमा शुल्क संकलन र दुई सय ५६ करोड लगानी गरेको छ ।

कम्पनीले २०७५–७६ को पोलिसी बोनस न्यूनतम ५० पु¥याउन सफल भएको छ । कम्पनीले मितव्ययी तरिकाले ग्रामीण क्षेत्रमा बिमाको पहुँच अझै विस्तार गर्ने, गुणात्मक कारोबारलाई जोड दिने, व्यावसायिक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बिमा पुर्याउने लक्ष्य लिएर काम गर्ने उद्देश्य राखेको छ ।

कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर महालक्ष्मी धनधान्य पोलिसी ल्याएको छ ।

यस्तै ६० करोडको सेयर सर्वसाधारणमा जारी गर्ने गरी प्रक्रिया सुरु गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय