काठमाडौं– एनआइसी एसिया बैंकले पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बनेको भ्यालेन्टाइन डे (फेब्रुअरी १४) को अवसरमा सेलिब्रेट लभ विथ एनआइसी एसिया बैंक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकले ग्राहक लक्षित मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्ड, क्युआर भुक्तानी तथा आइपिजी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने हेतुले डिजिटल च्यानलमार्फत कारोबार गर्ने २० ग्राहकलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन डेको दिन डिनरको अवसर प्रदान गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ सेवामार्फत क्युआर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पिओएसद्वारा भुक्तानी गर्ने र ई–कमर्समार्फत कारोबार गर्ने ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना ग्राहकलाई गोलाप्रथामार्फत छनोट गरी डिनरमा समावेश गर्ने जनाएको छ ।

योजना अवधिभर ५०० रुपैयाँभन्दा बढीको कारोबार गर्ने ग्राहकलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ भने सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकको विजेता बन्ने उच्च सम्भावना रहने बैंकले जनाएको छ । काठमाडौं बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छानिएका ग्राहकको लागि पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा डिनरको व्यवस्था गरिने बैंकले जनाएको छ ।

ती ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १–१ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था मिलाएको जनाएको छ । त्यसैगरी नयाँ ग्राहकलाई लक्ष्य गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नेमध्येबाट प्रथम १०० जनालाई बैंकले १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय