हेटौंडा– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो समितिको संरचनालाई वाग्मती प्रदेशमा कार्यान्वयनका लागि प्रदेश तदर्थ समिति गठन प्रक्रिया अघि बढाइएको छ । प्रदेशका ११ जिल्लाबाट १३ जनाले अध्यक्षका लागि दाबी गरेका छन् ।

काठमाडौं, चितवन, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रेबाट एक–एक जनाले अध्यक्षका लागि दाबी गरेका छन् । यस्तै दोलखा र मकवानपुरबाट दुई–दुईजना, सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरबाट एक–एक जनाले दाबेदारी प्रस्तुत गरेका छन् । अखिल नेपाल फुटबल संघ वाग्गती प्रदेश समितिको अध्यक्षको चयन केन्द्रीय समितिले गर्ने बताइएको छ ।

जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्षसमेत रहेका टीका लामासहित मकवानपुरका दुईजनाले अध्यक्षका लागि दाबी गरेका छन् । नेपाल संघीय व्यवस्थामा गएको साढे तीन वर्षपछि अखिल नेपाल फुटबल संघ एन्फाको वाग्मती प्रदेशमा पनि प्रादेशिक समिति गठनका लागि प्रक्रिया अघि बढाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय