काठमाडौं– भगवान श्री पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दू परिषद् नेपालले नेकपा (प्रचण्ड–माधव नेपाल समूह) का नेताहरुको पुतला दहन गरेको छ ।

विश्व हिन्दू परिषद नेपालले जनकपुर, विराटनगर, पोखरा लगायतका देशका प्रमुख सहरहरुमा नेकपाका रघुजी पन्त, प्रचण्ड लगायतका नेताहरुको पुतला दहन एवं विरोध र्याली निकालेको हो ।

माघ २८ गते सरकार विरुद्धको राजनीतिक विरोध सभाका क्रममा नेकपाका नेताहरुले प्रधानमन्त्रीले पशुपतिनाथको मन्दिरमा हालसालै पूजाआजा गरेको र लाखबत्ती बालेको घटनातर्फ संकेत गर्दै पशुपतिनाथले केही गर्न नसक्ने टिप्पणी गरेका थिए ।

राजनेताद्वारा नै राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरिएको भन्दै परिषदले प्रेस विज्ञप्ति समेत जारी गर्दै विरोध जनाएको थियो । विज्ञप्तिमा धर्म संस्कृति विरोधी तत्व समग्र राष्ट्र कै लागि घातक रहेको भन्दै सम्पूर्ण हिन्दू समाजलाई एकजुट भई यस्ता तत्वहरुको पर्दाफास गर्न अपिल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय