
काठमाडौं– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ५०० रुपैयाँले घटेको हो ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । मंगलबारका लागि प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ मूल्य तोकिएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ५ हजार ८०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने यथावत छ । महासंघले मंगलबारका लागि पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ तोकेको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ मूल्य तोक्ने गरेको छ ।