काठमाडौं- फागुन महिनाको पहिलो कारोबारको दिन सुनको मूल्य घटेको छ । आइतबार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएर प्रतितोला ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

आइतबार चाँदीको मूल्य भने बढेको छ । यस दिन तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय