काठमाडौं– नेपाली बजारमा सुनको सुनको प्रतितोला ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको उक्त सुनको मूल्य आज १ लाख ४ हजार ६०० रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ तोकिएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन १ लाख ३ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय