काठमाडौं– चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकिङ प्रणालीमा रहेको विदेशी मुद्रा सञ्चिति १३३७ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत असार मसान्तमा १२१५ अर्ब ८० करोड रहेको विदेशी विनियम सञ्चिति पुस मासान्तमा १३३७ अर्ब २९ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको अमेरिकी डलर बराबर रहेको सञ्चिति पुस मसान्तमा १० अर्ब ३० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ११८३ अर्ब ३७ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग पुस मसान्तमा १५३ अर्ब ९१ करोड विदेशी विनिमय सञ्चिति छ । यो असारको तुलनामा ३.४ प्रतिशतले कम हो ।

पुस मसान्तमा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । आयातमा भएको गिरावटले विदेशी मुद्रा बाहिरिने क्रम रोकिँदा शोधनान्तर स्थिति २३ महिना यताकै राम्रो अवस्थामा पुगेको छ । दुई वर्षअघि फागुनमा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय