काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले अर्धवार्षिक समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो ।

अनलाइनमार्फत सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षालाई आजै ११ः४५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

गत सोमबार मात्र राष्ट्र बैंकले अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गरेको थियो । वित्तीय रिपोर्ट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा समेत गरेको हो ।

के यथाथत् के परिवर्तन ?
मौद्रिक नीतिको समीक्षाले विद्यमान बैंक ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राखेको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थालाई यथावत् राखिएको बैंकले जनाएको छ ।

तर बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा उपलब्ध गराउँदै आएको तरलता सुविधा अन्तर्गत ओभर नाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा झार्ने समीक्षामा उल्लेख छ ।

आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिले लिएको लक्ष्य तथा त्यसमार्फत गरिएका प्रक्षेपणहरूलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । ब्याजदर करिडोर प्रभावकारी हुने र भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय