
काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने भएको छ ।
\संस्थाको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांशमा २८ प्रतिशत बोनस सेयर । ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) हुने बताइएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन् ।