काडमाडौं– चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले थप ७ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चित गरेको छ ।

अर्थ मन्त्रालयले एक प्रेस नोट जारी गर्दै रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयकले गरेको प्रस्तावमा सहमति दिएको जनाएको छ ।

‘स्रोत सुनिश्चित भएको रकममध्ये २ अर्ब ४० करोड बराबर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । त्यस्तै, २ अर्ब ६० करोड बराबर दायित्व सिर्जना भएपछि निकासा गरिनेछ,’ अर्थ मन्त्रालयले भनेको छ ।

रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेटमार्फत १५ अर्ब विनियोजन गरिएको थियो । मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्बको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल खरिदका लागि थप रकम माग गरेपछि पुनः स्रोतको व्यवस्था गरिएको हो ।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने विषयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मालगायतसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय