काठमाडौं– एनआइसी एसिया बैंकले उसको मोबाइल बैंकिङ एनआइसी एसिया मोब्यांक एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी एनआइसी एसिया फोनलोन सेवा सुरु गरेको छ ।

उक्त सेवाबाट ग्राहकले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सेवाबाट ग्राहकले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उललेख छ । उक्त बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही सर्त र मापदण्डको आधारमा ग्राहकले कर्जा पाउने बताइएको छ ।

साथै उक्त मापदण्डबारे एपले नै स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्ने बताइएको छ ।

कर्जा लिन योग्य ग्राहकको मोबाइल बैंकिङ एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ । कर्जा लिन योग्य ग्राहकले एनआइसी एसिया मोब्यांकमा लग इन गरी त्यहाँ उल्लेखित एनआइसी एसिया फोनलोन आइकनमा ट्याप गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सकने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय