काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडिआरटी एचिभर्स ग्रान्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ ।

कम्पनीले फागुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडिआरटी २०२३ मा छानिएका विजयी अभिकर्तालाई सम्मान गरेको हो ।

एमडिआरटी एचिभर्स ग्रान्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईज्यूले गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्वारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसाईले सबैको मेहनतले सफलता प्राप्त गरी यस्तो उत्सव मनाउन लागिएको बताए । उनका अनुसार दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकिएको हो । यो सफलताको उचाइ आगामी दिनहरुमा अझ बढ्ने उनले बताए ।

कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन समूह, प्रदेश प्रमुख, शाखा प्रमुख एवं अभिकर्तालगायतको उल्लेख्य सहभागिता रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय