काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी रहेको छ । सोमबार समेत सुन तोलामा १०० रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा १०० रुपैयाँले नै घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार चाँदीको भाउ भने सोमबार पनि बढेको छ । लगातार चार दिन यता बढेको चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय