काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार १४ दशमलव ४४ बिन्दुले घटेर १९३८.६२ कायम भएको हो । यस दिनको कारोबारमा २५३ वटा कम्पनीका ३७ लाख १६ हजार ६८४ कित्ता सेयर १ अर्ब २० करोड २१ लाख ४१ हजार रुपैयाँमा कारोबार भएका छन् ।

बुधबारको कारोबारमा व्यापार समूह १०.५७ विन्दुले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६९.४६ र लघुवित्त समूहको उपसूचक ६८.३५ बिन्दुले घटेको छ ।

साथै बैंकिङ समूह ९.९४, विकास बैंक समूह २७.२४, वित्त समूह १४.१६, होटल तथा पर्यटन ७.३९ र जलविद्युत् समूह ९.६९ बिन्दुले घटेको छ । त्यसैगरी, लगानी समूह ०.४३, उत्पादन तथा प्रशोधन समूह ३२.४२, म्युचुअल फन्ड ०.०३, निर्जीवन बीमा समूह १७.०६ र अन्य समूह ४.१२ बिन्दुले घटेका छन् ।

बुधबार युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै ५.९० विन्दुको गिरावट देखिएको छ । कारोबार रकमका आधारमा आज एनआइसी एसिया बैंकको सबैभन्दा धेरै १० करोड ३५ लाख २२ हजार बराबरको १ लाख ३८ हजार ५ सय ९३ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय