काठमाडौं– सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको मूल्य बढाएको छ । संस्थानले बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य छापिएको प्याकेट दूध बजारमा पठाएको हो ।

संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको जानकारी दिएका छन् ।

यही फागुन १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दूधको प्रतिलिटर कृषक खरिद मूल्य प्रतिलिटर न्यूनतम ६५ कायम गरिएको उनले बताए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डिडिसीले जनाएको छ । निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेको छ । यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाडौं, विराटनगर, जनकपुर र हेटौंडामा ९७ रुपैयाँ पर्नेछ । त्यस्तै बुटवलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको संस्थानले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय