काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका छन् ।

विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका विजेता खेलाडीलाई आफ्नो सरकारी निवास बालुवाटारमा सम्मान गर्ने क्रममा उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन पनि दिएका हुन् ।

उनले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गरेको थियो । प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाएका थिए । प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय