काठमाडौं– पुँजीबजारमा आज उच्च बिन्दुको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ बिन्दुले घटेर १ हजार ८ सय ३८ दशमलव ४८ कायम भएको हो ।

आज २ सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार ७ सय १३ कित्ता सेयर २९ हजार २ सय ३९ पटक खरिदबिक्री हुँदा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह १७९.९४ र निर्जीवन बीमा समूह १५३.३६ बिन्दुले घटेको छ ।

नेप्सेका अनुसार बैंकिङ समूह १५.११, विकास बैंक समूह ६१.५२, वित्त समूह २७.७३, होटल तथा पर्यटन समूह ४३.०४ र जलविद्युत् समूह ५७.९० बिन्दुले घटेको छ । त्यस्तै लगानी समूह ०.६६, उत्पादन तथा प्रशोधन समूह ४९.८१, लघुवित्त ४४.३५, म्युचुअल फन्ड ०.१०, अन्य समूह १७.३ र व्यापार समूह २७.३३ बिन्दुले घटेको छ ।

आइतबारको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट भने माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को शेयरमूल्य ७.७५ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार आइतबार सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको ५ करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट लिमिटेडको ५ करोड ७८ लाख ३७ हजार बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याको आधारमा भने ग्लोबल बैंक लिमिटेडको प्रमोटर सेयर २ लाख २३ हजार ४ सय ३७ कित्ता खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय