![](http://arthikpage.com/wp-content/uploads/2023/04/sandeep-lamichhane.jpg)
काठमाडौं– नेपाली क्रिकेटर सन्दिप लामिछानेले विकेटमा विश्व कीर्तिमान बनाएका छन् ।
उनले अफगानिस्तानका स्टार बलर रसिद खानले बनाएको कीर्तिमान तोड्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।
लामिछानले ४२औं खेलमा १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । योसँगै लामिछाने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने बलर बनेका छन् ।
शुक्रबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एसीसी मेन्स प्रिमियर कपमा ओमनविरुद्धको खेलमा एक विकेट लिएपछि उनले रसिदको कीर्तिमान तोडेका हुन् । जारी खेलको १।४ ओभर बलिङ गर्ने क्रममा लामिछानेले तीन विकेट लिइसकेका छन् ।