काठमाडौं– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदी अरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान १–१ अंक बाँडेका छन् । यससँगै नेपाल पाँच अंक जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अंक बाँड्दै पाँच अंकका साथ समूह ए को शीर्ष स्थानमा छ ।

समूह ए मै रहेका ओमान समान तीन खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । त्यस्तै साउदी अरब दुई अंकका साथ चौथो स्थानमा छ । कतारले भने अंक जोड्न सकेको छैन ।

उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । ती समूहलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदीअरब, कतार र ओमान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय