काठमाडौं– नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । काठमाडौंको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबार र मंगलबार भएको खेलमा यूएईलाई सात विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

सोमबार टस हारेर ब्याटिङ गरेको युएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मंगलबार जवाफी ब्याटिङ गरेको नेपालले उक्त लक्ष्य ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेटेको हो ।

उक्त खेलमा राष्ट्रिय टोलीका गुल्सन झाले ६७ रन र भीम सार्कीले ३६ रनको योगदान गरेका थिए । यसअघि कप्तान रोहित पौडेल १ रनमै आउट भएका थिए । रोहन मुस्तफाले उनलाई आउट गरिदिएका थिए ।

त्यसैगरी सातौं ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भए । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भएका हुन् ।

मुस्ताफाले कुशल भुर्तेललाई पनि दोस्रो ओभरमै आउट गराएका थिए । भुर्तेल पनि १ रनमै आउट हुन बाध्य भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय