काठमाडौं– दूरसञ्चार कम्पनी नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्रदान गरेको छ । बुधबार टेलिकमले एक सूचना जारी गरी नेपाल टेलिकमको सिम कार्डमा अन्तर्राष्ट्रिय रोमिङ सुविधा पनि थपिएको जानकारी दिएको हो ।

विदेश भ्रमण गर्ने जो कोहीले पनि आफ्नो मोबाइल फोनमा रोमिङ सेवाको प्रयोग गर्न सक्ने सूचनामा जनाइएको छ ।

सेवा प्रयोग गर्दै आएका सेवाग्राहीको उही मोबाइल फोन नम्बरमा विश्वका कुनै पनि ठाउँबाट कल गर्न वा कल रिसिभ गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

यस बाहेक अतिरिक्त सेवाहरू पनि प्रयोग गर्न र अन्तर्राष्ट्रिय रोमिङको सन्दर्भमा आउटबाउन्ड रोमिङ र इनबाउन्ड रोमिङ सेवा प्रयोग गर्न सकिने छ । यस्का लागि पोस्ट–भुक्तानका साथै पूर्व–भुक्तान ग्राहकहरूको लागि उपलब्ध रहेको पनि टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय