काठमाडौं– एनआइसी एसिया क्यापिटलले खल्ती डिजिटल वालेटले यही जेठ १ गतेदेखि असार मसान्तसम्म आफ्नो ग्राहकलाई विशेष छुट सहित खल्ती जात्रा पर्व सञ्चालन गरिरहेको सन्दर्भ पारेर क्यापिटलबाट सेवा लिइरहेका तथा सेवा लिन चाहने ग्राहकलाई आकर्षक छुट सहित विभिन्न अफर योजना सार्वजनिक गरेको गरेको छ ।

कम्पनीका अनुसार खल्ती जात्रा पर्वको अवसरमा क्यापिटलले लाइफटाइम डिम्याट वार्षिक व्यवस्थापन शुल्कमा १० प्रतिशत क्यासब्याक र अनलाइन डिम्याट खाता खोलेर खल्तीबाट भुक्तानी गर्दा एकपटकलाई शतप्रतिशत क्यासब्याक हुने जानकारी दिएको छ ।

डिम्याट खाताको वार्षिक नवीकरणमा २५ जना डिपी एकाउन्ट होल्डरलाई शतप्रतिशत क्यासब्यक, ५० जना डीपी एकाउन्ट होल्डरलाई ५० प्रतिशत र १०० जना एकाउन्ट होल्डरलाई ३० प्रतिशत क्यासब्याक हुने जनाएको छ ।

आजीवन मेरोशेयर एएमसीमा ५ प्रतिशत क्यासब्याक हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फन्डको सिस्टमेटिक इन्भेस्टमे्रनट प्लान (ससआइपी) मा सहभागी हुने एकाइधनीको हकमा जेठ १ देखि असार ३१ सम्मको दर्ता अवधि, एसआइपी र न्यूतम दर्ता रकम २००० रुपैयाँ रहेकोमा एसआइपी दर्ता सहितका एसआइपी भुक्तानीमा भाग्यशाली सहभागीलाई ५०० रुपैयाँको एसआइपी बुस्टर प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।

लगानी व्यवस्थापन सेवा (पिएमएस) अन्तर्गत अग्रिम भ्क्तानी गर्नुपर्ने वार्षिक व्यवस्थापन शुल्क २०८० रुपैयाँमा पनि सहुलियत हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय