काठमाडौं– सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न सकेनन् । भारतको चेन्नईमा बिहीबार भएको आइपिएलको अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् ।

आइपिएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई लिन आइपिएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलोपटक सन् २०१८ मा दिल्लीबाट आइपिएल खेलेका थिए । उनी त्यो बेला ३२ लाखमा अनुबन्धित भएका थिए ।

सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहेका लामिछानेलाई फुकुवा गरेपछि उनी यसपटक अक्सनमा सहभागी भएका थिए ।

सन् २०१८ को आइपिएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले ६ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय