काठमाडौं– सुनको भाउमा मंगलबार उच्च गिरावट देखिएको छ । अघिल्लो दिन कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार तोलामा २४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ तोकेको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा तोकिएको छ ।

सोमबार सुनको मूल्यले ऐतिहासिक बिन्दु छोएको थियो । सोमबार सुनको मूल्य १ लाख २१ हजार ६०० रुपैयाँ थियो । यो हालसम्मकै उच्च मूल्य हो । सोमबार अघिल्लो दिनको तुलनामा सुन ८०० रुपैयाँले महँगिएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्य तोलामा नै ४५ रुपैयाँले घटेर १५०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ स्थिर थियो । सोमबार चाँदी प्रतितोला १५४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय