काठमाडौं– नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा र रियलस्टेट कर्जाको जोखिमभार घटाउँदै यी क्षेत्रमा प्रवाह हुने कर्जामा लचिलो बनेको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत रियलस्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशत कायम गरेको हो । यी दुवै कर्जाका जोखिमभार घटाए आर्थिक गतिविधि बढ्ने तर्क गरिँदै आएको थियो ।

५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता र आम्दानी अनुपात पनि केन्द्रीय बैंकले बढाइदिएको छ । ५० प्रतिशतको अनुपातलाई बढाएर ६० प्रतिशत कायम गरेको मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । यसले निर्माण क्षेत्र चलायमान बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकले गत कात्तिकको भूकम्पले क्षतिग्रस्त घरहरुलाई सहुलियत ब्याजमा कर्जा सुविधा उपलब्ध हुने व्यवस्था गरेको छ । जस अनुसार २५ लाख रुपैयाँसम्मको आवासीय घरकर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय