काठमाडौं– बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका तत्कालीन च्याम्पियन फुटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘जिल्ला अदालत काठमाडौंको आदेशअनुसार हाजिरी जमानीमा आज तीनै जनालाई छाडिएको छ, यद्यपि सो प्रकरणको अनुसन्धान भने जारी छ ।’

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानमा सहयोग गर्ने गरी हाजिर जमानीमा छाडी बाँकी अनुसन्धान पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको भन्दै ब्युरोले उनीहरुलाई पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय