काठमाडौं– कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । संस्था बिहीबार सम्पन्न संञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो ।
संस्थाले आर्थिक वर्ष ०७६/७७ को नाफाबाट १० प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।