ताप्लेजुङ– निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङमा शनिबार दिउँसो दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ । माथिबाट झरेको ढुंगाले लागेर दुई मजदुरको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

ज्यान गुमाउनेमा उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र सन्तोया बानियाँ छन् । आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमका अनुसार दिउँसो दुई बजेतिर सुरुङमा दुर्घटना भएको थियो । ती दुई मजदुरको घटनास्थलमै ज्यान गएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय