काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा आफू खुसी रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएका हुन् । उनले देशको सपनाको रुपमा टी२० क्रिकेट विश्वकपलाई संकेत गरेको ठानिएको छ ।

अमेरिकाले हालसम्म भिसा नदिएका कारण उनले विश्वकप खेल्न पाउने नपाउने निश्चित छैन । यसअघि उनलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । क्यान र खेलकुद मन्त्रालयले सन्दीपलाई भिसा दिलाउन प्रयास गर्ने बताएका थिए । अहिलेसम्म यस विषयमा टुंगो लागेको छैन ।

‘इमानदारीपूर्वक, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ,’ सन्दीपले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

नेपालले १० वर्षपछि टी२० विश्वकप खेल्न लागेको हो । टी२० विश्वकप प्रत्येक २ वर्षमा हुन्छ । यसअघि नेपालले सन् २०१४ मा टी२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय