काठमाडौं– यस साताको पहिलो दिन आइतबार सेयर बजारको सूचक नेप्से २१ बिन्दुले घटेर २४८५ मा आइपुगेको छ । कारोबार रकमसमेत घटेर पाँच अर्बमा सीमित भएको छ ।

यस दिन सेन्सेटिभ सूचक भने एक बिन्दुले घटेर ४४९ कायम भएको छ । २११ कम्पनीका एक करोड १७ लाख कित्ता सेयर पाँच अर्ब रुपैयाँमा किनबेच भएको बजारमा ३६ कम्पनीको सेयर मूल्य बढेको । नौवटाको स्थिर र बाँकीको घटेको नेप्सेले जनाएको छ ।

यस दिन हाइड्रोपावर र होटल तथा पर्यटन समूह बाहेक सबै समूहका सूचक ओरालो लागेका छन् । होटल तथा पर्यटन भने ५० बिन्दुले उक्लिएको छ । त्यसैगरी, हाइड्रोपावर समूह १८ बिन्दुले बढेको छ । यस दिन ट्रेडिङ समूह १८१, जीवन बिमा समूह ३०६, निर्जीवन बिमा समूह ८५ र उत्पादन समूह ८२ बिन्दुले घटेका छन् ।

सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको १७ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको १५ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर र रैराङ हाइड्रोपवारको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ भने साल्ट ट्रेडिङ र नेसनल हाइड्रोको सेयर मूल्य ५–५ प्रतिशतको दरले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय