काठमाडौं– रिभरफल्स पावर लिमिटेडले सर्वसाधारणका लागि सेयर (आइपिओ) निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा रिभरफल्स पावरका सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

रिभरफल्स पावरले संखुवासभाको धर्मदेवी नगरपालिकामा रहेको पिलुवाखोलामा १०.३ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय