काठमाडौं– सरकारले रिक्त नेपाल राष्ट्र बैंकको दुई डेपुटी गभर्नरमध्ये एउटा पद पहिलोपटक महिलालाई सुम्पेको छ । सरकारले डा. निलम तिम्सिना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । यसअघिका दुई डेपुटी गभर्नरको चारवर्षे कार्यकाल फागुन १८ मा सकिएको थियो ।

नियुक्तिको लागि गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशकहरू गुणाकर भट्ट, मिश्र र तिम्सिनाको नाम सिफारिस गरेका थिए । गर्भनरले सिफारिस गरेका नाम अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रिपरिषद बैठकमा पेस भएको थियो ।

तिम्सिना राष्ट्र ऋण व्यवस्थापन र मिश्र विनिमय विभागका प्रमुखको रूपमा कार्यरत थिए । १७ कार्यकारी निर्देशकमध्ये तिम्सिना तेस्रो र मिश्र १३औं वरियतामा थिए । दुवै डेपुटी गभर्नरको कार्यकाल चार वर्षको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय