काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आईसीसीले आज जारी गरेको नयाँ वरीयताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन् । यसअघि उनी उक्त विधामा छैटौं स्थानमा थिए ।

नयाँ वरीयतामा अलराउन्डरतर्फ इङग्ल्यान्डका क्रिकेटर लियम लिविङस्टोन पहिलो स्थानमा रहेका छन् । ऐरीको २३० रेटिङ छ भने लिविङस्टोनको २५३ रहेको छ ।

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा ब्याटिङतर्फ ऐरी ४३औं स्थानमा रहेका छन् । यसअघि उनी ४५औं स्थानमा थिए । अलराउन्डरतर्फ नेपालका गुलशन झा ५३औं तथा कुशल भुर्तेल ६०औं स्थानमा रहेका छन् । टी–ट्वान्टी टिम वरीयतामा नेपाल १७औं स्थानमा रहेको छ ।

त्यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालका आसिफ शेख ८२औं र कुशल भुर्तेल ८३औं स्थानमा छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने उक्त वरीयतामा ८७औं स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय