काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन दिएको छ ।

वार्षिक ५१ रुपैयाँमा गौशाला धर्मशाला भाडामा लिएर चलाइरहेको मारवाडी सेवा समिति सम्झौता खारेजीपछि पनि त्यहाँबाट हट्न नमानेपछि कोष र पछिल्लोपटक गौशाला धर्मशाला सञ्चालनको लागि कोषसँग सम्झौता गरेको काठमाडौं महानगरले बल प्रयोग गरेर हटाउन खोजेको थियो । समितिका मानिसहरु सोको विरोधमा उत्रेपछि कोषले २३ असोजमा गृह मन्त्रालयलाई शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन माग गर्दै पत्राचार गरेको थियो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को असोज २० गते सम्पन्न बैठकको निर्णयअनुसार पठाइएको पत्रबाट उत्पन्न परिस्थितिले पशुपति क्षेत्रमा शान्ति सुरक्षामा समस्या उत्पन्न भएको बुझिएको भन्दै मन्त्रालयले अर्को निर्णय नभएसम्म उक्त क्षेत्र खाली गर्ने प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

मन्त्रालयले परिषद्को बैठक कात्तिक ४ गते मन्त्रालयमै बस्ने गरी पनि बोलाइएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय