काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । तोलामा ६०० रुपैयाँ मूल्यवृद्धि हुँदा यसको भाउ १ लाख ६२ हजार ४०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीवारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । असोज ३० गते छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने यथावत छ । चाँदीको मूल्य अघिल्लो दिनकै सरह प्रतितोला १ हजार ९५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको आधारमा दिनहुँ नेपाली बजारका लागि सुनको मूल्य तोक्ने गरेको छ ।









